राजनीति

सभामुखको कुरा टेरेनन् कांग्रेस र माओवादीले

सभामुखको कुरा टेरेनन् कांग्रेस र माओवादीले
onsari Ghartiसाउन – काठमाडौं, ४ । सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्तावमा छलपल हुनु अघि आर्थिक विधेयक पारित गर्न चाहेको बताएकी छन् । आफूले तीन दिनसम्म यस विषयमा छलफल गर्दा पनि कांग्रेस र माओवादीले नमानेको भन्दै उनले दुखेसो पोखिन् । सत्ता पक्षका सांसदहरुले आर्थिक विधेयक सम्बन्धी प्रस्तावको कार्यसूचीलाई हटाएर पछि सारेको भन्दै सभामुखप्रति असन्तुष्टि जनाइरहेका बेला उनले भने आफू तटस्थ रुपमा रहेको उल्लेख गरेकी छिन् । वालुवाटार स्थित निवासमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले भनिन ‘तीन दिनसम्म प्रयास गर्दा पनि सहमति जुटाउन सकिन । अविश्वासको प्रस्ताव दर्ता भए पनि ति विधेयकमाथि कांग्रेस माओवादीले छलफल गर्न दिन्छन् भन्ने लागेको थियो तर उनीहरुले मानेनन् ।’ मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको बताउँदै उनले भनिन् ‘दलहरुबीच सहमति हुन्छ भने म कुनै पनि विकल्प रोज्न तयार छु ।’ आफूलाई पूर्व पार्टीको भनेर नहेर्न पनि उनले आग्रह गरिन् । ‘राष्ट्रपतिलाई एमालेको, मलाई माओवादीको र प्रधानन्यायाधीशलाई के को ? भनेर हेरिदिन भएन,’ सभामुख घर्तीले भनिन ‘मैले संविधान, नियमावली र विगतका परम्परालाई हेरेर काम गर्ने हो ।’ प्रधानमन्त्रीलाई पनि धेरैले भ्रममा राखेको भन्दै उनले उनीसमेत लचिलो गरी प्रस्तुत भएको जानकारी दिइन् । ‘उहाँले यसमा छलफल गर्छु र तपाइँलाई जानकारी गराउँछु भन्नु भएको छ,’ सभामुख घर्तीले भनिन ‘अझै पनि समय छ । यसबीचमा सहमति जुट्यो भने समय तोक्ने काम सभामुखको अधिकार हो । त्यसमा हेरफेर हुनसक्छ ।’ सभामुख घर्तीले आर्थिक विधेयक पास गर्न रोकेको भनेर सत्ता पक्षका सांसदहरुले आरोप लगाइरहेका बेला उनले त्यसमा लचिलो हुने संकेत गरेकी छिन् । अविश्वासको प्रस्तावमा विहीबार छलफल हुँदैछ । बिहीबार १० बजेसम्म दलहरुबीच सहमति नभए आफू प्रक्रियामा जाने उनले बताइन् ।

Onsari Gharti

विशेष