राजनीति

लोकमानलाई महाअभियोग लगाउन काँग्रेसमा छलफल, रामहरी खतिवडा भन्छन्ः हामी लागेपछि के हुन्न ?

लोकमानलाई महाअभियोग लगाउन काँग्रेसमा छलफल, रामहरी खतिवडा भन्छन्ः हामी लागेपछि के हुन्न ?

आज म डाक्टर गोविन्द केसीलाई भेट्न अस्पताल गएको थिएँ । उहाँको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको छ । मेरो विचारमा डाक्टर केसीको सबै माग जायज छन् । उहाँको माग पूरा गर्न सरकार लागि पर्नुपर्छ । उहाँको माग देश र जनताको हितमा भएकाले उहाँको विचारलाई सरकारले अकुंश लगाउन मिल्दैन । हामी चाहन्छौ यो विषयमा सरकारले चाडै नै समस्या समाधान गरोस । डा. केसीका जायज माग सम्बोधन गरोस् ।

हाम्रो पनि यसमा भुमिका छ, हामी पनि गर्न नसक्ने होइन । तर, संसदमा यसको छलफल नभइकन हामी कसरी अघि बढ्ने । धेरै जसो नेताहरुलाई त्रास छ, लोकमान बिरुद्ध महाअभियोगको प्रस्ताव लगाएमा कारवाहीमा परिन्छ । त्यसैले पनि यसमा हस्ताक्षर गर्न कोही अघि सरेका छैनन् । तर, हामी डराउंदैनौं । केही न केही गर्नैपर्छ भन्ने सोचिरहेका छौं । हामी भेट्न गइराखेका छौ, उहाँको अवस्था बुझिराखेका छौ ।

त्यस विषयमा के गर्ने पार्टीमा छलफल गरिरहेका छौ । पार्टीमा छलफल गरेपछि महाअभियोगका बारेमा ठोस धारणा बन्छ । लोकमानसिंहका विरुद्ध महाअभियोग लगाउन सजिलो छ र ? केसीको जटिल स्वास्थ्य अवस्था बुझेर नै हामी भेट्न गएका हौं । हाम्रो पार्टीमा छलफल भइरहेको छ । यो विषयमा संसदमा छलफल हुन जरुरी छ । हामीले छलफल गर्न ढिला गरेका छैनौं, गरिरहेका छौ । डाक्टर केसीले अनसन बस्न हतार गर्नुभयो ।

अनसन बस्नुभन्दा पहिले तीन दलका शीर्ष नेताहरु देउवा, ओली र प्रचण्डसगं छलफल गर्नुपथ्र्यो । ओली सरकार यो विषयमा मौन छ । राष्ट्रलाई नै हित हुने विषयमा अनसन बसेर मान्छे मर्न लाग्दा समेत टुलुटुलु हेरेर बसेको छ । यो सरकार जस्तो नालायक र गैह्रजिम्मेवार सरकार कुनै थिएन । यो नालायक सरकारले गर्दा नै केसीको अवस्था यस्तो भएमो हो । यो सरकारले भ्रष्टहरुलाई सरंक्षण दिएको छ । सरकारले ससंदमा पहल नगरे हामीले गर्छौं तर पार्टीमा छलफल हुंदैछ ।

सबै कुरा छलफल भएपछि तय हुन्छ । लोकमानलाई महाअभियोग लगाउन हाम्रो पार्टीको ससंद नै पर्याप्त हुन्छ । हामीले पहल गर्यौ भने १४९ को दौब्बर बनाउन पनि सक्छौ । त्यसको लागि हामी छलफल गर्दैछौं । चाडै नै हामी यस विषयमा ठोस निर्णय गर्नेछौ । नेपाल आजसँगको टेलिफोन सम्वादमा आधारित

Dr Gobinda Kc Ram Hari Khatiwada

विशेष