राजनीति

सभामुखसँगको भेटमा प्रचण्डले यस्तो के गरेका ?

सभामुखसँगको भेटमा प्रचण्डले यस्तो के गरेका ?

onsari

सभामुख संसदको नेता हो । तसर्थ ओनसरी घर्ती सबै सांसदकी नेता हुन् । पछिल्लो राजनीतिक अवस्था र निकासका बारेमा छलफल गर्न लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेकी घर्तीलाई प्रचण्डले आफ्नै कार्यकर्तालाई झैं भेटेका छन् । उनको सचिवालयद्वारा प्रेषित तस्बिरमा प्रचण्डले भेष्ट र ट्राउजर लगाएको देखिन्छ । मर्यादाका सम्बन्धमा पोसाकले पनि अर्थ राख्छ ।

प्रचण्डको पहिरन अनौपचारिक छ र उनले औपचारिकरुपमा सभामुख भेटका लागि आएको अनुभुति भएको देखिदैन । माओवादी युद्धको पृष्ठभूमीबाट आएकी र आफैंले तल्लो तहबाट हुर्काउंदै सभामुखसम्म बनाएकाले प्रचण्डले हल्काफुल्का रुपमा लिएकी ? तर, पदीय मर्यादालाई पृष्ठभुमीले असर पार्न नहुंने जानकारहरु बताउंछन् ।

भेट व्यक्तिगत वा निजी प्रसंगको नभएको सभामुखको पहिरन र सचिवालयले प्रेषित गरेको नोटले स्पष्ट गर्दछ । कम्तिमा पनि औपचारिक भेटमा सभामुखको मर्यादा राख्नुपर्ने संसदीय अभ्यास छ ।

Prachanda

विशेष