सरकार परिवर्तनको खेल देशका लागि घातक– बिजुक्छे
साउन – ५ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने जिकिर गरे ।
बुधबार भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको भक्तपुर ट्रक व्यवसायी संघको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले भने ‘आफूले प्रधानमन्त्री पाइन भनेर सरकारलाई दिएको समर्थन फिर्ता लिनु नै गलत हो, आफ्नो दल सहभागी रहेको सरकारले के गर्न सकेन, प्रधानमन्त्रीले के गर्न नसक्दा सरकार छाड्नु प-यो भनेर प्रष्ट पार्नु पथ्र्यो ।’
माओवादी र कांग्रेस केन्द्रबीच आलोपालो गरेर सरकार सञ्चालन गर्ने नीति समेत देश विकासको लागि उपयुक्त नभएको विश्वास छ । सरकार सञ्चालनमा आलोपालो गरेर सरकार परिवर्तनमा सहमति हुनुभन्दा पनि देश बनाउने नीतिमा सहमति हुनुपर्ने उनको भनाइ थियो ।
अविश्वासको प्रस्तावपछि नयाँ सरकार गठन गर्ने व्यवस्था संविधानमा नभएको बताउँदै नेमकिपाका अध्यक्ष बिजुक्छेले कानुनी ढंगले अगाडि बढ्दा नयाँ सरकार गठन हुन अझै केही समय लाग्ने बताए ।
सरकारमा सहभागी दलले नै कार्यसूचीमा चढिसकेको बजेट विधेयकलाई पारित नगरी अविश्वासको प्रस्तावतर्फ पेस गर्नु दुर्भाग्य भएको बताका छन् । बिजुक्छेले बजेट विधेयक पारित नगरी ल्याएको अविश्वास प्रस्तावले देशलाई आर्थिक नाकाबन्दीमा पारेको स्पष्ट पारे ।
उनले भने ‘देशमा यस्तो संकट आउने देखेर मैले प्रधानमन्त्रीलाई देश जोगाउनकै लागि भए पनि संसद् विघटनको निर्णय लिनुस् भनेको थिएँ ।’
Naryan Man Bijukchhy