राजनीति

अबको १० दिनभित्र प्रचण्ड प्रधानमन्त्री: डा. महत

अबको १० दिनभित्र प्रचण्ड प्रधानमन्त्री: डा. महत
Prakash-Sharan-Mahatसाउन – ५ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भैसकेकाले पहिला अविश्वासको प्रस्तावमाथि नै छलफल हुनुपर्ने दाबी गरे । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भैसकेपछि पहिला यो विषयले प्राथमिकता पाउनु पर्नेमा जोड दिए । ‘यो प्रस्तावमाथि मतदान गरेर टुँगो लगाईसकेपछि मात्रै अन्य विषयमा जानुपर्छ, यसमा कोही पनि द्विविधामा पर्नुहुँदैन् ।’ उनले भने । आश्रित विधेयक पारित नगरे आर्थिक संकट उत्पन्न हुन्छ भनेर हल्ला फिँजाईएकोमा असन्तुष्टी पोखे । विनियोजन विधेयक पास भैसकेको अवस्थामा, आश्रित विधेक ३१ असारभित्रै पारित हुनुपर्दथ्यो’ उनले भने ‘त्यसो नभएपछि पहिलाकै व्यवस्था अनुसार काम भैरहेकाले अहिले यसको कुनै सान्र्दर्भिकता छैन् ।’ संसदीय व्यवस्थामा सरकार परिवर्तनको कुरालाई बेमौसमी बाजा भन्नु तर्कसंगत नभएको नेता महतको दाबी छ । काँग्रेसलाई सरकारमा जान हतार भएको भन्ने एमाले सचिव योगेश भट्टराईको आरोपलाई खण्डन गर्दै उनले भने, ‘एमालेले यस्तो कुरा भन्न मिल्दैन, एमाले २०६२ सालदेखि लगातार सरकारमा छ, यो कुरा जनतालाई राम्रोसँग थाहा छ ।’ ओली नेतृत्वको सरकारले कुरामात्रै प्रशस्त गरेको जनतामा कुनै किसिमको डेलिभरी नगरेको आरोप महतले लगाए । तर, नेता महतले संविधान कार्यान्वयन गर्ने विषयमा प्रमुख राजनीतिक दलहरुवीच एकता हुुनुपर्नेमा जोड दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारको भन्दा कुशल नेतृत्व दिने दाबी गरेकोले काँग्रेस र माओवादीवीच नयाँ गठबन्धन बनेको उनको दाबी छ । अबको १० दिनभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने दाबी गर्दै भने,‘सरकार बनाउने कुरामा संविधानमा कुनै द्विविधा छैन् ।’

Dr Prakashasharan Mahat

विशेष