राजनीति

तीन शीर्ष नेतासँग सभामुखको छलफल

तीन शीर्ष नेतासँग सभामुखको छलफल
साउन - ६ । व्यवस्थापिका–संसद्को बैठकलाई अघि बढाउन सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेतासँग पुनः छलफल सुरु गर्नुभएको छ । Samsad vaban संसद्को कार्यसूचीलाई लिएर बिहिबार निर्धारित ११ बजेका लागि तोकिएको बैठक सुरु हुन नसकेपछि सहमति जुटाउन सभामुख घर्तीले आजै विहान पनि छलफल गर्नु भएको थियो । उहाँले अहिले संसद् भवन नयाँ बानेश्वरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहेका छन् । बैठक विशेष कारण देखाउँदै सूचना टाँस गरी २ बजेका लागि तोकिएको थियो । प्रमुख दलबीच अविश्वासको प्रस्ताव र बजेटसँग सम्बन्धित विधेयक कसलाई अगाडि बढाउने भन्ने विषयमा विवाद चुलिएका कारण बैठक अगाडि बढ्न नसकेको हो । रासस

Samsad

विशेष