विचित्र विश्व

बच्चाको इख्या प्रेम, आमाले दिनभर पिठ्युमा बोक्छन बच्चा

बच्चाको इख्या प्रेम, आमाले दिनभर पिठ्युमा बोक्छन बच्चा

Peru

पेरुको  आन्देस प्रान्त मा बच्चालाई ‘इख्या’ मा बोक्ने चलन छ । ‘इख्या’ भनेको धागोले बुनिने एक रङ्गीन वुट्टेदार पछ्यौरा हो । छेकुवा  (दक्षिण अमेरीकीवासीहरु को अधिकारिक भाषा मा ‘इख्या’ भनेको कुम्लो  हो । बच्चाहरु भएको पारिवामा इख्या एक अपरिहार्य सामाग्री हो । बच्चाहरु आफ्नी आमाकहाँ इख्या ल्याउँछन र त्यसमा आफुलाई बोक्न आमालाई कर गर्छन् ।

आमाबाट एकैछिन मात्र टाढा हदा  पनि उनिहरु इख्या खोज्दै रुने गर्दछन । इख्या बच्चालाई दिनभरी बोक्न आमालाई निःसन्देह गाह्रो त हुन्छ नै तैपनि आमाको पिठ्यूमा बच्चाले शान्तिको अनुभुति गर्दै स्वस्थ रुपमा हुर्कन सक्ने भएकोले आमाले खुशीसाथ आफ्नो  पिठ्यूमा इख्या भिरेर बच्चालाई लामो समयसम्म बोक्ने गर्छिन, बच्चाहरु वयस्क भएपछि पनि इख्या हेर्दैपिच्छे स्वभावत आफनी आमालाई याद गर्न पुग्छन् इख्यामा लपेटिदाको क्षण आफुले कल्पना पनि नगरेको आमाको असीम प्रेम र बलिदानलाई उनीहरु सोच्दछन् । जीवनभर आफ्ना छोराछोरीलाई पिठ्यूमा बोक्ने आमाको जिन्दगी इख्याका खोपिएको छ ।

Ikhya Peru

विशेष