राजनीति

अबदेखि भद्र सहमति नगर्दा नै जाति : प्रचण्ड

अबदेखि भद्र सहमति नगर्दा नै जाति : प्रचण्ड
prachand 3 साउन - ८ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलले राष्ट्रिय सहमतिका लागि केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि उनको आत्मकेन्द्रित र अहंकारी शैलीका कारण विकल्प सोच्ने बाध्यतामा पुगेको बताए । शुक्रबार साँझ संसदमा ओलीविरुद्ध अविश्वास प्रस्ताव मन्तव्य राख्दै दाहालले ओलीमा संयुक्त सरकारको सोचभन्दा एक्लै अघि बढ्ने मनोविज्ञान देखिएको भन्दै आलोचना गरे । दाहालले भद्र सहमतिबाट देशलाई निकास दिन पटक पटक कोसिस गरिए पनि त्यो नै अविश्वासको कारक बन्ने गरेको अनुभूति सुनाए । ‘अबदेखि भद्र सहमति नगर्दा नै जाति, सम्बन्ध त्यहीँबाट गडबड हुने गरेको छ,’ उनले भने, ‘कुनै पनि पार्टीलाई निषेध गर्ने, कसैको आवश्यकता र महत्वलाई अवमूल्यन गर्ने कुनै मनशाय छैन, देश अहिले पनि अप्ठेरोमा छ । राष्ट्रिय समझदारी र एकता बन्न सकेन भने धेरै अप्ठेरो अवस्थाको सामना गर्नुपर्नेछ ।’ दाहालले नेपालको राजनीतिक प्रक्रियामा माअ‍ोवादी भिन्न प्रक्रियाबाट आएको पार्टी भएको हुँदा आफ्ना केही ‘विशिष्ट चिन्ताहरु’ रहेको बताए । ‘हामी बाह्रबुँदे सहमति हुदै शान्ति प्रक्रियासम्म आउँदा वस्तुगत अवस्थको धेरै मूल्यांकन गरेर आएका हौं, त्यसेले शान्ति प्रक्रिया कसरी निष्कर्षमा पुग्छ, यसले जनताको जीवनमा परिवर्तनको अनुभूति कसरी दिलाउँछ भन्नेमा हाम्रो विशिष्ट चिन्ता छ,’ दाहालको कथन थियो, ‘मधेसी, थारु, आदिवासी जनजाति हरुमा अहिले पनि संविधानलाई लिएर केही गम्भीर प्रश्न र मागहरु छन् । तिनलाई हामी कसरी सम्बोधन गर्छौं भन्ने प्रश्नहरु छन् । मैले पटक पटक प्रधानमन्त्रीजीलाई ध्यानाकर्षण गराउने, पार्टीका नेताहरुलाई यो कुरा राख्दै आएको छु ।’ अाजकाे कान्तिपुरमा समाचार छ ।

Prachanda puspa kamal dahal

विशेष