
साउन –८ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले आफ्नो पार्टीविरुद्ध आफ्नै मित्रबाट अविश्वास प्रस्ताव आएकोमा आफूलाई दुःख लागेको बताएका छन् ।
शनिवार अविश्वास प्रस्तावमाथिको छलफलमा बोल्दै बोल्दै गौतमले भने, ‘हिजोका दिनमा धेरै माओवादीको ज्यान जोगाउन धेरै प्रयत्न गरेँ तर आज मेरै पार्टीअध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा धेरै दुःख लागेको छ ।’ उनले आफूले यस्तो अवस्था आउन नदीन धेरै प्रयत्न गरेको समेत बताए ।
उनले भने, ‘तर आज प्रस्ताव आइछाड्यो, मेरो अत्यन्त घनिष्ट मित्रको पहिलो हस्ताक्षरकर्ता भएर अविश्वास प्रस्ताव आउँदा दुःख लाग्यो । ’ गौतमले आफूले कहिल्यै पनि प्रचण्डको कुभलो नचाहेको, धेरैपटक प्रचण्डलाई राजनीतिक सल्लाह दिएको समेत बताए । उनले थपे, ‘उहाँले सोध्दा नेकपा एमालेको जिम्मेवारी व्यक्ति हुँ भन्ने नसोची प्रचण्डलाई सल्लाह दिने गरेको छु ।’
bamdev gautam