राजनीति

राजनीतिक विश्लेषक भरत दाहालले देखाए माधव नेपाललाई सम्झनुपर्ने ५ कारण

राजनीतिक विश्लेषक भरत दाहालले देखाए माधव नेपाललाई सम्झनुपर्ने ५ कारण

madhav nepal and bharat dahal

साउन ८  एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा केपी ओलीको कार्यकाललाई उत्कृष्ट भनिएको तर आफ्नो कार्यकाल भुलिएको गुनासो गरे । उनी माओवादीका जग्जगीका बीचमा प्रधानमन्त्री भएका थिए । उनले कार्यकाल थाल्दा नथाल्दै माओवादीको ६ दिने आन्दोलन भएको थियो । पार लगाउन नसकिने ठानिएको माओवादी आन्दोलनलाई उनले पचाइदिएका थिए ।

माओवादी लडाकुलाई सरकार मातहत ल्याउने काम उनकै कार्यकालमा भएको थियो । अनमिनको बर्हिगमन गराउन र विदेशी नीरिक्षणबिनै माओवादी शिविरको व्यवश्थापन गर्ने ऐतिहासिक काम नेपालकै कार्यकालमा भएको थियो । फाष्टट्राकलगायतका विकासका कुरा नेपालको कार्यकालमा उठेको थियो । तर, यि प्रसंग पूरै ओझेलमा पारिएको र ओलीको कार्यकाललाई मनमोहन अधिकारी पछिको स्वर्णिम भनिएकोमा माधव नेपालले दुःख व्यक्त गरेका थिए । नेपालको यही अभिव्यक्तिलाई लिएर धेरैतिरबाट आलोचना भइरहेको छ । अफ्ठयारोमा परेका ओलीलाई साथ दिनुको साटो उल्टो विपक्षीलाई उक्साउन खोजेको चार्ज उनीमाथि लागेको छ । यसै मेसोमा राजनीतिक रुपमा कडा टिप्पणी गर्ने भरत दाहालले माधब नेपालमाथि प्रहार गरेका छन् । सामाजिक संजालमा उनले नेपाललाई सम्झनुपर्ने ५ कारण भन्दै नेपालको आलोचना गरेका हुन् । भरत दाहालको कटाक्ष जस्ताको तस्तै आफू पटक पटक प्रधानमन्त्रि हुँदा पनि कसैले नाम नलिई दिएकोमा ‘वाहवाह’का भोका माधव नेपालले लाज पचाएर संसदमा बिलौना गरेका छन् । नेपाली जनताले ५ वटा कामका लागि उनलाई बिर्सेका छैनन् र कहिल्यै बिर्सने पनि छैनन् । उनले गरेका अविष्मरणिय कामहरु यी हुन् – १ दासढुंगा हत्याकाण्डका विरोधमा महिनौंसम्म काठमाण्ठु शहरका रेलिङहरु भाँच्न लगाएर ०५१ सालको मध्यावधि चुनावमा ठुलो दल बनेर सरकार बनाउने संभावना देखिनासाथ गिरीजा सरकार समक्ष पेश गरेका मागहरुबाट दासढुंगा छानबिनको माग हटाएको । २  दास ढुंगा काण्डका बारेमा केपी ओलीको संयोजकत्वमा बनेको समेत गरि ३ वटा आयोगहरुले सो घटनालाई हत्या भएको ठहर गरि हत्याराहरुमाथि कार्वाहिको प्रकृया अघि बढाउन गरेका सिफारिसहरु दबाएको । ३  महाकाली सन्धि संपन्न गर्नका लागि बिरामि भएर अस्पतालमा भर्ना भएका मनमोहन अधिकारीका ठाउँमा नक्कलि भोटर खडा गरेर जबर्जस्ति भोट हाल्न लगाई १ जनाको बढि मत पु¥याउने अभूतपूर्व सफलता हासिल गरेको । ४  अब्बल दर्जाको जन्मजात गणतन्त्रवादी हुनुका नाताले प्रधानमन्त्रिको दर्खास्त स्विकृत गराउनका लागि राजा ज्ञानेन्द्रका पाउमा दाम चढाएको । ५ मदन भण्डारी हत्याको छानबिनको प्रसंग उठ्दा त्यसलाई असामयीक एवं बितिसकेको प्रसंग भनेर विरोध गर्दै आएको ।

bharat dhal KP Oli madhav nepal manmohan adhikarii

विशेष