अमरेशको आरोपः ओली भारतसँग लम्पसार परेको मैले धेरै पटक देखेको छु
नेपाली काँग्रेसका सासद अमरेशकुमार सिंह पछिल्लो समय प्रधानमन्त्री केपी ओलीप्रति कडा टिपण्णी गरेर विवादमा तानिएका छन् । शनिबार संसद बैठकमा ओलीलाई मानिसक रोगीको संज्ञा दिएका सिंहले सुक्रबार ओलीले भारससँग त्वंम शरणम गर्ने गरेको आरोप लगाएका थिए ।
ओलीले भित्र भारतसँग आत्मसमर्पण गरेको तर बाहिर चर्का कुरा गरेको उनको भनाइ थियो । तपाईसँग आत्मसमर्पण गरेको केही प्रमाण छ भनि सोधिएको प्रश्नको जवाफमा उनले अनेक प्रणाम रहेको बताएका थिए । महाकाली सन्धीदेखि पार्टीको महाधिवेशनसम्म ओलीले भारतभक्ति गरेको उनको आरोप थियो । भारतभक्तिमा तालमेल नमिलेपछि ओली चीनभक्तिमा लागेको अमरेशको आरोप थियो । ओलीको राजनीति विदेशीको भक्तिमा टिकेको र उनमा राष्ट्रियता नभएको सिंहको आरोप थियो ।
हिमालय टेलिभिजनको यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै सांसद सिंहले ओलीको पतन हुने दाबी गरे । पार्टीभित्रै उनलाई अफ्ठयारो पर्ने र कहिल्यै उठ्न नसक्ने गरी ओली पछारिने सिंहको भविश्यवाणी छ । सिंहले सो अभिव्यक्ति दिएको भोलिपल्टै शनिबार ओली पार्टीमा समेत अफ्ठयारोमा रहेको संकेत एमाले नेताहरुको अभिव्यक्तिबाट देखिएको छ ।
बरिष्ठ नेता माधबकुमार नेपालले एमालेले सरकार चलाएको नभइ एमालेभित्रको एउटा गुटले सरकार चलाएको संसदमा बताएका थिए । उपाध्यक्ष बामदेब गौतमले माओवादीलाई सत्ता हस्तान्तरण गर्ने सहमति एमालेले गरेको स्पष्ट गरेका थिए । कार्यक्रममा ओलीको पतनका लागि भारतले कति लगानी गर्दैछ भन्ने प्रश्नलाई सिंहले हासेर टालेका थिए । ओलीप्रति आक्रामक देखिएका सिंह बेलाबेला आफ्नै अभिव्यक्ति सच्चाउन बाध्य भएका थिए ।
Amresh Singh