हामीले प्रधानमन्त्रीलाई राजिनामा दिन सुझाव दियौंः उपप्रधानमन्त्री सिपी मैनाली
संसदमा बहुमत गुमिसकेको अवश्थामा राजिनामा गर्नु राम्रो हुन्छ भनेर हामीले भन्यौं । तर, राजिनामा प्रधानमन्त्रीको स्वेच्छाको विषय हो । उहांले प्रष्ट भन्नुभएको छैन । उहांले मन्तव्यपछि दिनपनि सक्नुहुन्छ । अथवा मत विभाजन पर्खन पनि सक्नुहुन्छ ।
हामीले बहुमत सदस्यले प्रष्टै रुपमा राजिनामा चाहेको अवश्थामा मत विभाजन नपर्खकेको राम्रो भनेका छौं । संसदीय व्यवश्थामा अविश्वासको प्रस्ताव स्वभाविक हो । मतका बारेमा अन्यौल भएको भए मत विभाजन पर्खदा हुन्थ्यो । स्पष्ट भइसकेपछि प्रधानमन्त्रीले संसदको मनोविज्ञान बुझेकै राम्रो हुन्छ भन्यौं ।
अविश्वास प्रस्ताव पारित भएपछिको अन्यौललाई हामीले दूर गरेका छौं । हामी पद्धती बसाल्न चाहन्छौं । सरकार जबरजस्ती लम्ब्याउने हाम्रो मनसुवा छैन । त्यही भएर हामीले धारा २९८ अनुसार नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने बाटो खोलिदिएका छौं । बाधाअडकाउ सिफरिश गरेर हामीले संविधान कार्यान्वयनका लागि लचकता अपनाएका छौं ।
संसदीय व्यवश्थामा अविश्वासको प्रस्तावलाई अनौठो वा अप्रत्यासित मान्न सकिदैन । तर, जसरी जुनरुपमा अविश्वासको प्रस्ताव आयो यसलाई सहजरुपमा लिन सकिदैन । हामीले स्वाधिनता र आत्मनिर्भरताका पक्षमा दृढतापूर्वक लड्यौं । बदलामा अहिलेको परिश्थिति आएको हो । इतिहासले यसको मूल्यांकन गर्नेछ । फेरिपनि भन्छुः प्रधानमन्त्रीले राजिनामा गर्ने नगर्ने वहांको विचार हो । आखिर राजिनामा गर्नु र नगर्नुका बीचमा एकाध घण्टाको फरक हो । जहांसम्म मलाई लाग्छ प्रधानमन्त्रीले बहुमत सांसदको मनोविज्ञान बुझेर राजिनामा गर्नुहुन्छ ।
cp mainali rajinama sujhab
cp mainali suggestion to kp oli