राजनीति

कैँची चलाउनुभन्दा अगाडि कपडा १० पटक नाप्नु पर्छः प्रधानमन्त्री

कैँची चलाउनुभन्दा अगाडि कपडा १० पटक नाप्नु पर्छः प्रधानमन्त्री
साउन – ९ प्रधानमन्त्री केपी शर्मा ओली अविश्वासको प्रस्ताव माथि उठेका प्रश्नको जवाफ दिन शुरु गरेका छन् । सम्मानिय सभामुख महोदय, सरका विरुद्ध अथवा मेरो विरुद्ध अविश्वासको प्रस्तावको धारण सम्बोधन यहाँ उभिएको छु भन्दै आफ्नो धारणा शुरु गरेका थिए। संविधान प्रति असहमती राखेर लामो समयदेखि आन्दोलन उभिएका मित्रहरु पनि यहाँ उपस्थित रहेको भन्दै प्रस्तुत भए । उनले सरकारको जय पराजय ठूलो कुरा होइन तर लोकतन्त्रीक सरकारको जित हुनु ठूलो कुरा बताए । उनले अविश्वासको प्रस्ताव सामान्य र स्वभाविक भएको बताए । उद्देश्यको हिबासले कत्तिको स्वभाविक हो त्यो जनतालाई थाहा हुने बताए । उनले अगाडि टुक्का जोड्दै कैँची चलाउनुभन्दा अगाडि कपडा १० पटक नाप्नु पर्छ, ताकी पछि पछुताउनु नपराेस भन्दै विपक्षी सांसदहरुलाई व्यांग्य गरे । यस्ताे अवस्थाले मुलुक अत्यन्त खतरा तर्फ माेडिएकाले अाफू गम्भिर भएकाे बताएका छन् ।

KP Shrama Oli

विशेष