ओलीको राजीनामाका विषयमा रंगिए भारतीय संचारमाध्यम
साउन - ९ । केपी शर्मा आलीले दिएको राजीनामाको खबरलाई भारतीय मिडियाहरुले पनि प्रमुख समाचार बनाएका छन् ।
भारतीय अनलाइन मिडिया द इडियन एक्सप्रेस, हिन्दुस्तान टाइम, जनता सत्ता डटकमजस्ता भारतीय प्रमुख मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामालाई प्रमुखताका साथ छापेको हुन् । भारतीय अनलाईन मिडियाहरुले अव नेपाल कता जान्छ भन्ने अन्यल्यता रहेको बताएका छन् ।
भारतीय अनलाइन मिडिया, द इडियन एक्सप्रेसले लेख्छ १० वर्षपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले अविश्वासको मतदान पहिला नै राजीनामा दिए ।
अाेली गत अक्टुबर महिनामा प्रधानमन्त्री बनेका थिए । अाेलीले नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्तावको सामाना गर्नु परेको थियो ।
२०७२ मा बनेको नयाँ सविधानको विरुद्धमा मधेशीले विरोध प्रदर्शनपछि नेपाल ताजा राजनीतिक उथलपुथलमा देश डुब्न द इंडियन एक्सप्रेसकाे भनाइ छ ।
त्यस्तै अर्को अनलाइन मिडिया हिन्दुस्तान टाइमसले केपी ओलीको टाउको निहुराएको तस्विर सहित खबर प्रकाशित गरेको छ ।
ओलीले नौ महिनाको कार्यकालपछि आइतबार संसदको अन्तिम समयमा राजीनामा दिन बाध्य भए । अविश्वासको प्रस्ताव माथि मतदान गर्ने कार्यक्रम अगाडि नै उनले राजीनामा दिएका छन् । किनकि सरकारमा रहेका अन्य पार्टीले समर्थनको प्रस्ताव फिर्ता लिएर अविश्वासकाे प्रस्ताव पेश गरी राजीनामा दिन बाध्य पारिएको थियो ।
Hindustan
Indian Media
KP Sharma Oli