अभिलेख

ओलीले २ घण्टा बोल्दापनि सबैभन्दा महत्वपूर्ण प्रसंग किन छुटाए ?

ओलीले २ घण्टा बोल्दापनि सबैभन्दा महत्वपूर्ण प्रसंग किन छुटाए ?

Oli प्रधाानमन्त्री केपी ओलीमा भाषण यति रोमान्चक थियो कि आफैंलाई घोच्दा समेत प्रचण्ड खित्का छोड्न बाध्य थिए । लठ्ठ पार्ने गरी भाषण गरेका ओलीले आलोचकलाई समेत तिरीमिरी झ्याँई पारिदिएका छन् । त्यसैले सबैभन्दा महत्वपूर्ण प्रश्नको बारेमा उनी मौन बसेको सायदै कसैले हेक्का राखेको छ ।

प्रसंग हो संघीयता को । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा संबोधन गर्दै ओलीलाई संघीयता मन नपरेको र संघीयता विरोधीसँग जोडकोण मिलेको आरोप लगाएका थिए । ओली आफैंलेपनि संघीयता नेपालको एजेण्डा नभएकोदेखि बाख्रालाई भैसीको सिङजस्तै बोझिलो हुनसक्ने अभिव्यक्ति भिन्दाभिन्दै फोरममा दिएका थिए । संघीयता विरोधी कमल थापालाई संघीय मामिला मन्त्री र वार्ताको संयोजक बनाएपछि उनीमाथि संघीयता तुहाउन लागेको आरोप लागेको थियो ।

प्रधानमन्त्री ओलीले प्रचण्डले उठाएका हरेक विषयको पाइ पाइ उत्तर दिने प्रयास गरेपनि संघीयताको विषय छलेका थिए । उनले संघीयताका बारेमा आफ्नो धाराणा व्यक्त गर्न नचाहेको स्पष्ट थियो । उनी सबै विषय लिखितरुपमा लिएर आएका थिए । ससना कुराको समेत हेक्का राखेका र उद्धरणसहित भनेका ओलीले संघीयताकै विषयमै किन मौन रहे ? सबैभन्दा महत्वपूर्ण उत्तर छल्दापनि आलोचकले नै भेऊ पाउंन सकेनन् । ओलीको भाषण कति दमदार भन्ने यसैले पुष्टि गर्दैन र ?

KP Oli Oli

विशेष