सामाजिक सञ्जाल

हमालले गरे ओलीको प्रसशां

हमालले गरे ओलीको प्रसशां

rajesh-in

आइतबार के पी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएसंगै सामाजिक संञ्जालमा चर्चा भएको छ । राजिनामा दिनु अघि ओलीले संसदमा झण्डै २ घण्टा लामो सम्बोधन गरेका थिए । ओलीको सम्बोधन र राजीनाले धेरैको नजरमा नेताका रूपमा अग्लो व्यक्तित्व छोडेको चर्चाहरू सामाजिक संजालमा भए । उनको प्रतिपक्षी पार्टीका कार्यकर्ताले उनको प्रशंसा गरेका छन ।

ओलीका बारेमा नेपाली फिल्मका सुपरस्टार राजेश हमालले सामाजिक संजाल फेसबुकबाट प्रशंसा गरेका छन् । उनले आफ्नो स्टाटसमा ओलीलाई हारेर पनि जितेका ओली भनेका छन् । हमालको दक्त स्टाटसमा ओलीको प्रशंसासँगै राजिनामा दिन बाध्य बनाउनेप्रति असन्तुष्टि पनि पोखेका छन् । उनले उनीहरुलाई तथाकथित विजेता भनेका छन् । उनले यो सब प्रकरणलाई नेपाली जनताले हेरिरहेको स्टाटसमा उल्लेख गरेका छन् ।

उनले लेखेको फेसबुक स्टाटस यस्तो छ

के पी ओलीजी......जसले हारेर पनि जित्यो । तथाकथित विजेताहरूले आफ्नो स्थानलाई प्रमाणित गर्नुपर्ने छ । नेपालका मानिसहरूले हेरिरेहका छन् । कृपया उनीहरूलाई हल्कारूपले नहेरियोस् ।

Rajesh

Rajesh Hamal

विशेष