राजनीति

बाबुरामले किन हटाए ट्वीटरबाट ‘लालध्वज’ ?

बाबुरामले किन हटाए ट्वीटरबाट ‘लालध्वज’ ?
Dr Baburam Bhattari साउन – १० । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले ट्विटर नाम परिवर्तन गरेका छन् । जनयुद्धदेखिको उपनाम ‘लालध्वज’@brb_laaldhwoj सक्रिय डा. भट्टराईले नाम परिवर्तन गरी @brb1954 राखेका छन् । उनले नाम परिवर्तन बारे ट्विटरमा ध्यानाकर्षण पनि गराएका छन् । डा. भट्टराई १९५४ जुन १८ मा जन्मेका हुन् । आफ्नो छोटकरी नाम र आफू जन्मेको वर्ष जोडेर उनले नयाँ ह्यान्डिल बनाएका हुन् । गत वर्ष असोज ९ गते माओवादी परित्याग गरेको घोषणा गरेका थिए । त्यसपछि डा. भट्टराईले गत जेठ ३१ गते काठमाडौंमा नयाँ शक्ति नेपालको घोषणा गरेर सक्रिय राजनीति गरिरहेका छन् । https://twitter.com/brb1954/status/757500970578214913    

Dr. Baburam Bhattari Naya Sakti nepal

विशेष