जहाँ विवाहका लागि मोटा युवती रोजिन्छन
साउन - १० । आम रुपमा पुरुषहरु स्लिम जिउ भएका अर्थात् सलक्क जिउडाल भएका महिलाहरु मन पराउँने गर्दछन् ।
मोटो तथा भद्दा जिउ भएका महिला तथा युवतीहरु युवकहरुको रोजाइमा पर्न मुस्किल हुन्छ । तर दक्षिण अफ्रिकामा भने यसको ठीक विपरित मोटो जिउडालका वधुहरुको ठूलो भाउ हुने गर्दछ ।
युवकहरु विवाहका लागि मोटो जिउका युवतीहरु रोज्ने गर्दछन् । यो प्रथा दक्षिण अफ्रिकाको केपटाउनमा छ । त्यसैले त्यहाँका युवतीहरुलाई जबरजस्ती बोसो तथा चिल्लोयुक्त खाना खुवाएर मोटो बनाइन्छ ।
केपटाउनमा एउटा परम्परा छ । जसको नाम हो लेबलह । यो परम्पराको मान्यता के छ भने यदि नारी मोटा भए भने उनको विवाह समयमै हुन्छ र उनलाई सुयोग्य वर मिल्दछ । त्यसैले त्यहाँका किशोरी तथा युवतीहरुलाई मोटो बनाउनका लागि अनेक थरी व्यञ्जन खुवाइन्छ ।
छोरीहरुलाई भोक लागोस वा नलागोस तर घरका अभिभावकहरु खानेकुरा कोच्याइरहन्छन् । ठसठसी कन्दैै, वाक्क्वाक्क गर्दै पनि खानेकुरा खुवाइन्छ ।
महिला जति मोटो भयो उनको पतिले उनलाई उति धेरै माया गर्छ भन्ने मान्यता छ । त्यसैले केपटाउनमा दुब्ला पातला तथा स्लिम युवतीहरु देख्न मुस्किल पर्छ ।
africa
fat girl