राजनीति

लखित प्रतिवद्धतामा मात्र मधेसी मोर्चा सरकारमा जाने

लखित प्रतिवद्धतामा मात्र मधेसी मोर्चा सरकारमा जाने
Laxman Lala Karnaसाउन – १० । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस तथा माओवादी गठबन्धनले आफूहरुको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता व्यक्त नगरेसम्म मधेसी मोर्चा सरकारमा सहभागी नहुने बताएका छन् । उनले कांग्रेस र माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनले आफूहरुले उठाएका मागबारे अहिलेसम्म वचनवद्धता मात्रै व्यक्त भएका स्पष्ट पारे । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कर्णले भने, ‘हामीले अघि सारेका मागहरु सम्बोधन गर्ने लिखित प्रबितद्धता नआएसम्म हामी सरकारमा सहभागी हुँदैनौं, नयाँ प्रधानमन्त्री चयन गर्दा भोट पनि हाल्दैनौं । अब बन्ने नयाँ सरकारले मोर्चाले अघि सारेका महत्वपूर्ण चार बुँदे आन्दोलनमा घाईते भएकाहरुलाई औषधी उपचार गर्ने, मुद्या फिर्ता लिने, बन्दीहरुलाई तत्काल रिहाई गर्ने, सहिद घोषणा गर्ने र निश्पक्ष न्यायिक छानविन आयोग गठन गर्ने लगायतका लिखित प्रतिबद्धता आए सरकारमा जानेवारे निर्णय गर्ने कर्णले स्पष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै मधेसमा दिपावली भएको कर्णले बताए । यसका साथै सरकारको विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश भएसँगै मधेसी जनतामा खुशी छाएको अझ राजिनामा आएपछि त दिपावली नै गरेको भन्दै थपेका छन् । ओलीको राजीनामाले मधेस र अब देशको अवस्था सुध्रिने धारणा राखेका छन् ।

laxmanlal karna Sadbhawana

विशेष