विचित्र विश्व

सुन्दरी प्रतियोगीता: जहाँ बिकिनीसगैँ काकी र हजुरआमाहरुले छल्काए जवानी

सुन्दरी प्रतियोगीता: जहाँ बिकिनीसगैँ काकी र हजुरआमाहरुले छल्काए जवानी

एजेन्सी । धेरै सुन्दरी प्रतियोगिताहरुमा भुतुक्कै पार्ने सुन्दरता भएका वैशालु किशोरी तथा युवतीहरुले आफ्नो सुडौल जिउडालको प्रदर्शन गर्दछन् ।

तर चीनमा हालै भएको एक सुन्दरी प्रतियोगिता निकै फरक थियो ।  त्यहाँ वैशालु किशोरी तथा युवतीहरु होइन उमेर ढल्केका प्रौढ तथा वृद्धाहरुले बिकिनीमा आफ्नो ढल्कँदो वैँश देखाए ।

उक्त सौन्दर्य प्रतियोगितामा ५ सय जना महिलाहरुले भाग लिएका थिए र यसरी भाग लिनेमध्ये केही ८० वर्ष उमेरका पनि थिए । चीनको तियान्जिनमा यस्तो सुन्दरी प्रतियोगिता भएको हो । प्रतियोगितामा पाका महिलाहरु बिकिनीसँगै अन्य विभिन्न पहिरनमा पनि सजिएका थिए ।

 चिनियाँ सरकारी संचार माध्यमका अनुसार बुढ्यौलीका विषयमा मानिसहरुमा सकारात्मक धारणाको विकाश होस् भन्नका लागि यो प्रतियोगिताको आयोजना गरिएको हो । स्थानीय एक कल्याणकारी संस्थाले लगातार दोश्रो वर्ष यो प्रतियोगिताको आयोजना गरेको हो । 

beauty contest China

विशेष