राजनीति

काँग्रेसद्वारा बाढीपहिरो पीडितप्रति दु:ख व्यक्त

काँग्रेसद्वारा बाढीपहिरो पीडितप्रति दु:ख व्यक्त
Nepali-Congress-flagसाउन ,११ । केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न भागमा जनधनको क्षति भएको घटनाप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । केही दिनको लगातार आएको वर्षापछिको बाढी र पहिरोेमा परी धेरैको ज्यान जानुका साथै हजारौँको सङ्ख्यामा मानिस विस्थापित हुनुपरेको घटनाप्रति काँग्रेसले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको हाे । उक्त घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पीडितका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै पार्टीले बेपत्ताको तत्काल खोजी गर्न र विपतमा परेका पीडित परिवारलाई उद्धार, राहत र सहयोग गर्न सरकारलगायत सम्बन्धित सबै पक्षसँग माग गरेको छ । त्यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विज्ञप्ति जारी गरी बाढी र पहिरोबाट मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले काँग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृसङ्गठन एवम् शुभेच्छुक सङघ संस्थालाई पीडित परिवारको उद्धार र राहतमा आवश्यक सहयोग पु-याउन आग्रह गरेका छन् । रासस

badhi Congress

विशेष