जमीन मुनि गाडिएको आठ दिनसम्म शिशु जिउँदै

साउन - ११ । चीनमा एक नवजात शिशुलाई उसको घरपरिवारले जिउँदै जमिनमा घाडेको आठ दिनपछि शिशुलाई जिउँदै जमिनबाट निकालिएको छ ।
चीनको लु फेगलियन नामकी महिलाले जंगलमा जडिबुटी खोजिरहेकी थिइन । यही क्रममा उनले एउटा बच्चा रोइरहेको आवाज सुनिन् जुन जमिन मुनिबाट आइरहेको थियो ।
उनी केहीबेर डराए पनि नजिकै रहको एक बौद्ध भिक्षुलाई बोलाइन् । जब भिक्षु र महिला उक्त बच्चालाई जमिनभित्र गाडेको पूर्ण विश्वास भयो । उनीहरुले प्रहरीमा खबर गरेर खन्न थाले । करिब दुई फुट खनेपछि बट्टाभित्र बच्चा जिउँदै थियो ।
सीएनएनको रिपोर्ट अनुसार उक्त बच्चालाई उसको हजूरआमाले जमिनमा गाडेकी थिइन् किनकि बच्चाको ओठ काटिएको थियो ।
बच्चाको आमाबुबाकाअनुसार उक्त बच्चालाई आठ दिन पहिले जमिनमा गाडिएको थियो ।
यता वनजात शिशुलाई जमिनभित्र हावा मिलिरहेको हुन सक्ने डाक्टरले डाक्टरहरुको अनुमान छ । तर, पनि डाक्टर आफै पनि यसलाई चमत्कार नै मानिरहेका छन् ।
Baby
Chaina