वैद्यले मागे सरकारसँग जवाफ

साउन – १२ । नेकपा माओवादी क्रान्तीकारीका अध्यक्ष मोहन बैद्य किरणले सरकार समक्ष भारतबाट भएको हस्तक्षेपको उचित जवाफको माग गरेका छन ।
भारतको विहार प्रदेशको तल्लो निकायले २०१६ को जुलाई १३ तारिकमा सुनसरीको जिल्ला अधिकारीलाई चिठी पठाएको थियो । उक्त चिठीमा कोशी ब्यारेजमा माओवादी लगायत अस्थिर शक्तिको खतरा भनेर उल्लेख गरेको माओवादीले बताएको छ ।
मोहन बैद्यले प्रेस विज्ञप्ती जारी गर्दै उक्त पत्रले भारतले नेपालको आन्तरिक मामिलामा खलल पुर्याको बताएको छ । त्यस्तै भारतले नेपालमा कतिसम्म हस्तक्षेप गरेको छ भन्ने प्रष्ट भएको समेत दाबी गरेको छ । भारतले मिडियाहरु प्रयोग गरेर उक्त विषयलाई बढावा दिएर त्रास फैलाएको प्रेस विज्ञप्तीमा उल्लेख छ । क्रान्तिकारी माओवादीले भारतको यो हर्कतको विषयमा सरकारलाई तुरुन्त जवाफ दिन माग गरेको छ ।
mawabadi
Moahan Baidhy
