विचित्र विश्व

१ सय ४ किशोरीको कुमारीत्व भंग गर्ने 'इरिक' पक्राउ

१ सय ४ किशोरीको कुमारीत्व भंग गर्ने 'इरिक' पक्राउ
Ikara साउन १२ । बीबीसी – किशोरीहरुको कुमारीत्व भंग गर्ने इरिक एन्भिया पक्राउ परेका छन् । हालसम्म १ सय ४ किशोरीको कुमारीत्व भंग गरिसकेको बताउने उनी मालवीको दक्षिणी क्षेत्र ‘हायना’का हुन् । दक्षिण मालवीका विभिन्न समुदायले आफ्नी छोरीको यौन शुद्धिकरणका लागि उनलाई भाडामा लिन्थे र कुमारीत्व भंग गराउन लगाउँथे । परम्परागत यो प्रचलनको आलोचना हुँदै आएको थियो । उनमा एचआईभी रहेको बताइएको छ तर उनले भाडामा लिनेलाई नभन्ने बताइएको छ । मालवीको दक्षिणी क्षेत्रमा एउटा अनौठो संस्कार छ, जसका कारण किशोरी स्वास्थ्यसम्बन्धी जोखिममा पर्ने गरेका छन् । सो कुसंस्कारकै कारण धेरै युवती एचआईभी संक्रमणको शिकार हुने गरेका छन् । यहाँका केही समुदायमा किशोरी अवस्थामा पुग्ने वित्तिकै पैसा तिराएर सेक्स गराउनुपर्छ । बाआमाले भर्खर १२– १३ वर्ष पुगेकी छोरीसँग सहवास गराउन ज्याला तिरेर भाडाका पुरुष ल्याइदिन्छन् । यस संस्कारलाई हायना भनिन्छ । यस कार्यलाई यौन शुद्धिकरणको संज्ञा दिइएको छ । यी व्यक्तिले निश्चित ज्याला लिएर किशोरीदेखि महिलाको यौन शुद्धिकरण गर्नुपथ्र्याे । कुनै पुरुषको मृत्यु भएमा पतिको दाहा संस्कार गर्नु अगाडि समेत महिलाहरु उनीसँग सुत्नुपथ्र्याे । कुनै महिलाको गर्भपतन भएमा फेरी यौन शुद्धिकरणको आवश्यक पर्छ । गर्भपतनपछि पनि एन्भियासँग सुत्नुपर्छ । किशोरीहरु पहिलो पटक रजस्वला भएपछि उनीहरुले तीन दिनसम्म उनीसँग अनिवार्य सेक्स गर्नुपर्ने हुन्छ । बाल्यकालबाट महिला अवस्थामा प्रवेश गर्नको लागि उनीहरुले हायनासँग यौन कार्य गर्नैपर्छ । यदि किशोरीहरुले अस्वीकार गरेमा रोगव्याधी वा अन्य दुर्भाग्य हुने विश्वास गरिएको छ ।

Andhabiswash BBC Irika sex problem sex problem and solution Superstition

विशेष