राजनीति

कांग्रेस र माओवादीको सहमति खारेज भए एमाले सरकारमा सहभागी हुने

कांग्रेस र माओवादीको सहमति खारेज भए एमाले सरकारमा सहभागी हुने
yogesh bhattariसाउन–१२ । कांग्रेस र माओवादी केन्द्रबीच भएको सरकार गठनका सात बुँदे सहमति खारेज भए एमाले सरकारमा सहभागी हुने नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । प्रेश चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार संम्मेलनमा अहिलेकै अवस्थामा सहमतीय सरकारको संभावना नरहेको र सहमतीय सरकार गठन गर्नका लागि कांग्रेस र माओवादी केन्द्रबीचको सात बुँदे सहमति खारेज गर्नुपर्ने बताए । बुँदा खारेज नभए एमाले प्रतिपक्षको च्याम्पियन नै भएको भन्दै प्रतिपक्षमा बसेर राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने उनको दावी छ । ‘उपहारमा पाएको प्रधानमन्त्री पदमा प्रचण्डले मख्ख नपरे हुन्छ, आफ्नो बुँताले पाएको चीजको मात्र माया हुन्छ’, भट्टराईले भने । विदेशी इसाराको उपहारमा प्राप्त भएको प्रधानमन्त्री पद प्रचण्डको केही दिनको रामछायाँमात्र हुने बताउँदै उनले परीक्षण भइसकेका प्रचण्ड र देउवाको गठबन्धन लामो समय नटिक्ने दावी पनि गरे । अब बन्ने सरकारले मुलुकको आर्थिक सम्बृद्धि, राष्ट्रिय स्वाधीनता, छिमेकीसँग बढाएको सन्तुलित सम्बन्धको आधारलाई टिकाइराख्न नसक्ने भट्टराईले बताए ।

Yogesh Bhattari

विशेष