पाँच कम्पनीबाट उत्पादित दही कम ताैलका
पाँच कम्पनीबाट उत्पादित दही कम ताैलका
साउन– १३ । दही उत्पादक कम्पनीहरुले कम ताैल राखेर उपभाेक्तालार्इ व्यापक ठगी गर्ने गरेकाे पत्ता लागेकाे छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि पठाएपछि काठमाडौँ उपत्यकाभित्रका पाँच कम्पनीबाट उत्पादित दही नाप गर्दा व्यापक ठगी भएको पाइएको हो ।
विभिन्न कम्पनीमा जाँच गर्दा एक लिटर दहीमा १४० देखि १६० मिलिलिटरसम्म कम पाइएको छ ।
जाँच गरिएकामध्ये नेपाल डेरीमा १५० मिलिलिटर, सुवजु जुजु धौ भक्तपुरमा १६०, आर एस जुजु धौ सेन्टर भक्तपुरमा १४०, शिवम् डेरी प्राली भक्तपुरमा १५० मिलिलिटर दही कम फेला परेको नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय बालाजुका प्रमुख शशीभुषण यादवले जानकारी दिएका छन् ।
यसअघि दूधमा गरेको अनुगमनमा आधा लिटरमा ११० मिलिलिटरसम्म कम भएको पाइएको थियो ।
Dahi
Jujudhau