विचित्र विश्व

महिला र पुरुषमा को बढी सुत्ने ?

महिला र पुरुषमा को बढी सुत्ने ?
Sleepसाउन – १३ । सुत्ने समय व्यक्तिपिच्छे फरक हुन्छ । समग्रमा हेर्दा महिला बढी सुत्छन् होला कि पुरुष । सामान्य तरिकाले हेर्ने हो भने पुरुष नै धेरै सुत्ने गरेको जस्तो लाग्न सक्छ । तर, एक अध्ययनले पुरुषभन्दा महिला बढी सुत्ने गरेको देखाएको छ । स्मार्ट फोनको माध्यमबाट गरिएको एक सोधका अनुसार ३० देखि ६० वर्षसम्मका पुरुषका तुलनामा महिला बढी सुत्ने गरेका छन् । साइन्स एण्ड वान्सेजमा छापिएको एक सोधकाअनुसार महिला पुरुषभन्दा बढी सुत्ने गरेका छन् । युनिभर्सिटी अफ मिसिगनका शोधकताएले २०१४ मा एउटा मोबाइल एप जारी गरेका थिए । जसका माध्यमबाट मान्छेको सुत्ने समय पत्ता लगाइएको हो । यो एप प्रयोग गर्नेलाई आफ्नो सुताइ बारे सार्वजनिक गर्ने विकल्प दिइएको थियो । शोधमा सहभागी प्रोफेसर डेनियल फोर्जले भने, ‘हामीलाई अबेरसम्म जागा रहने सामाजिक दबाब छ भने बिहानै चाँडै उठ्ने शाररिक दबाब छ । यसले निद्रा गुमाइरहेका छौं ।’ एजेन्सी

Lady Sleep

विशेष