राजनीति

मन्त्री छान्न माओवादी केन्द्रकाे मापदण्ड

मन्त्री छान्न माओवादी केन्द्रकाे मापदण्ड
mawabadi kendra साउन  - १३। नेकपा (माओवादी केन्द्र)ले समानुपातिक तथा समावेशी प्रतिनिधित्वका आधारमा नयाँ सरकारका मन्त्री छनोट गर्ने भएको छ । सो पार्टीको बिहिबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रिमण्डलमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड तयार पारेको हो । नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढिरहेको र माओवादीमा समेत मन्त्रीको चाहना राख्ने आकाङ्क्षीहरु बढिरहेको कारण मापदण्ड बनाइएको माओवादीले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गर्नुभएको सन्दर्भमा माओवादीले मन्त्री छनोटको प्रक्रिया सुरु गरेको जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार सबै वर्ग, क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुने गरी योग्यता, क्षमता तथा कार्यअनुभव भएका सबैलाई ध्यान दिएर मन्त्री छनोट गरिने छ । मापदण्ड बनाइए पनि मन्त्री भने छनोट नभएको उनकाे भनाइ छ । यस्तै नयाँ सरकारको प्राथमिकता, मुलुकको समस्या एवम् समाधानको उपाय, गठबन्धनको प्राथमिकतालगायतका विषयमा समेत बैठकमा छलफल भएको थियो । सरकारको काम कारबाही र प्राथमिकताका विषयमा टुङ्गो लगाउन नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य रहेको कार्यदल गठन गरिएको छ । सोही कार्यदलको प्रतिवेदनका आधारमा छलफल भएको बताइएको छ । सो कार्यदलमा काँग्रेसका तर्फबाट विमलेन्द्र निधि र रमेश लेखक सदस्य छन् । रासस

mawabadi Mawabadi kendra

विशेष