देश समाज

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
? साउन – १३ । धनकुटाको सिधुवामा भएको बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री सहित १३ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख, एसपी विभुतीराज पाण्डेका अनुसार पुर्व अर्थराज्य मन्त्री हरिराज खेवाको दुर्घटना स्थलमा नै मृत्यु भएको छ । दुर्घटनाको बेला सिमसिम पानी परिरहेको र बाक्लो हुस्सु लागेको थाहा भएको छ । बसमा क्षमताभन्दा बढी यात्रु रहेको बुझिएको एसपी पाण्डेले जानकारी दिए । चार जनाको उपचारका लागि धरान स्थित वीपी कोईराला स्वाथ्य बिज्ञान प्रतिष्ठानमा ल्याउदा बाटोमै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । संखुवासभाको चैनपुरबाट धरानतर्फ आइरहेको बस सडकबाट करिव ५० देखि ६० मिटर तल खसेको छ । घाइतेहरुको उपचार धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

Bus accident Dhankuta

विशेष