
साउन – १४ । नेकपा एमालेले सप्तरीको तिलाठीमा भारतीय पक्षबाट नेपालीमाथि भएको आक्रमणको निन्दा गरेको छ ।
साथै उसले दशगजा क्षेत्रमा एकतर्फी रुपमा बनाएको बाँध र सडकबारे दीर्घकालीन समाधान खोज्न माग गरेको छ ।
एमाले केन्द्रीय सचिवालयको बैठकले नेपालको हित र स्थानीय समुदायको सरोकारलाई ध्यानमा राख्दै कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
साथै तिलाठी घटनामा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ ।
CPN UMLE