राजनीति

स्थानीय निकाय पुनःसंरचना आयोगको काम रोक्न माग

स्थानीय निकाय पुनःसंरचना आयोगको काम रोक्न माग

साउन - १४। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नहुन्जेल स्थानीय निकाय पुनःसंरचना आयोगको काम रोक्न माग गरेको छ । मोर्चाको यहाँ आज बसेको बैठकले सीमाङ्कन तथा सङ्घीयताको टुङ्गो नलाग्दासम्म स्थानीय निकाय पुनःसंरचना आयोगले गर्ने कार्यको औचित्य नरहने ठहर गरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए । बैठकले नयाँ प्रधानमन्त्रीको उम्मेदवारलाई मतदान गर्ने वा नगर्ने विषयमा शनिबार नेपाली काँग्रेसका सभापति तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसँग औपचारिक छलफलपछि निर्णय लिन सैद्धान्तिक सहमति दिएको छ । सरकारमा सहभागी हुने वा नहुने विषयमा केही निर्णय नभए पनि मोर्चाले राख्दै आएका माग पूरा भएमा त्यसमा सकारात्मक हुने महासचिव सुमनले बताए । रासस

Madheshi Morcha

विशेष