राजनीति

कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको

कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको
prchanda deuba साउन - १५ । अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ । ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको छ । प्रचण्डले बिहीबारको बैठकमा सरकारमा सहभागी हुन र उपप्रधानमन्त्रीसहित पुरानै मन्त्रालय लिन गच्छदारलाई प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । कांग्रेसले फोरम लोकतान्त्रिलाई सरकारमा सहभागी गराउन नहुने बताएको छ । प्रचण्ड जसरी पनि सहभागी गराउने र कांग्रेस ल्याउनै नहुने अडानमा रहेपछि विवाद बढेको एक नेताले बताए । गच्छदार भने जसरी पनि सरकारमा सहभागी भई मधेसी मोर्चालाई बाहिर धकेल्ने योजनामा रहेका छन् । देउवाले आफ्नो सहमतिविना जथाभावी आश्वासन नदिन प्रचण्डलाई चैतावनी नै दिनुपरेको कांग्रेसका एक नेता बताउँछन् । गच्छादारको सट्टा मधेसी मोर्चालाई सरकारमा ल्याउन कांग्रेसले गृहकार्य गरिरहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

mawabadi Mawabadi kendra Prachanda Sher bahadur Dewaba

विशेष