राजनीति

‘प्रचण्ड-वामदेव दोस्तीमा खटपट’

‘प्रचण्ड-वामदेव दोस्तीमा खटपट’
Prachanda-and-Bamdev-Gautam साउन - १५ । प्रचण्ड र वामदेव गौतम कम्युनिस्ट आन्दोलनका चर्चित नेता । दुवै नेता आफ्ना अभिव्यक्ति र कार्यशैलीका कारण वेलावेलामा विवादमा पनि पर्छन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव पेस गर्नुअघिसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले उपाध्यक्ष वामदेव गौतमबीच घनिष्ट सम्बन्ध थियो । तर, अहिले भने यी दुईबीच सम्बन्धमा खटपट आउने संकेत देखिएको ‘सम्बन्ध प्रचण्ड-वामदेव दोस्तीमा खटपट’ अाएकाे बताइएकाे छ । वामदेवले बचाए माओवादी नेता माओवादीले नेपाली सेनामाथि पनि हमला बोलिसकेपछि अवस्था यस्तो थियो कि, माओवादी–सेना जसले भेटे पनि एकले अर्काे पक्षलाई सिध्याउने मात्रै सोच राख्थे । त्यसवेला राजधानीबाट पक्राउ परेका कतिपय माओवादी नेता–कार्यकर्ता अझै बेपत्ता छन् । तर, तीमध्ये केहीलाई भने वामदेवले मृत्युको मुखबाट बचाएका छन् । भैरवनाथ गणमा लामो समयदेखि बेपत्ताको अवस्थामा राखिएका तत्कालीन नेताहरू कृष्ण केसी, हिमाल शर्मालगायतका नेताहरूको सन्दर्भमा गौतमले आफ्नै स्रोत परिचालन गरी अवस्था पत्ता लगाए । त्यसपछि गौतमले सप्रमाण तत्कालीन प्रधानसेनापति, राजालगायतसम्म पुगी जीवनरक्षाका लागि काम गरे । गौतमले आफूले प्रचण्डसँगको दोस्तीकै कारण मृत्युको मुखबाट माओवादीका धेरै नेता कार्यकर्तालाई बचाउन भूमिका खेलेको बताए । ‘माओवादीका धेरै नेता कार्यकर्तालाई युद्धकालमा सुरक्षित अवतरण गराउन मैले भूमिका खेलेको छु । त्यो मैले मेरो पार्टी भनेर गरिनँ । प्रचण्डका कारण मैले सबै गरेँ । प्रचण्डसँग मेरो दोस्ती भयो र उहाँले मलाई जीवनभरिको दोस्तीका निम्ति प्रस्ताव राख्नुभयो ।’ गाैतमले भने । तत्कालीन अवस्थामा भैरवनाथ गणमा रहेका माओवादी नेता हिमाल शर्मा पनि आफूहरूको जीवनरक्षाका लागि गौतमले भूमिका खेलेको बताउँछन् । ‘हामीले नै अनुभूति हुने गरी उहाँले सचेततापूर्वक हाम्रो जीवनरक्षाका लागि भूमिका खेल्नुभएको थियो,’ शर्माले भने, ‘हामीले पनि उहाँ (वामदेव)लाई पछि धन्यवाद दिएका थियौँ ।’ आजको नयाँ पत्रिकामा समाचार छ । 

bamdev gautam Mawabadi kendra Prachanda Puspakamal Dahal

विशेष