परिवार मेरो परिवार मेरो कथा

कृष्णबहादुर महरालार्इ मन्त्री नबन्न पत्नीकाे सुझाव

कृष्णबहादुर महरालार्इ मन्त्री नबन्न पत्नीकाे सुझाव

परिवारलाई त्यति समय दिन पाउनुभएको छैन । जति वेला पनि पार्टी, कार्यकर्ताको काममै लाग्नुहुन्छ ।

घरमा आए पनि मोबाइलले फुर्सद पाउँदैन । ‘कहिलेकाहीँ त मोबाइल बन्द गरेर एकान्तमा गएर एकछिन बस्न पाए हुन्थ्यो नि, फ्रेस पनि भइन्छ’ भन्छु । ‘फुर्सद भए त जाने हो, फुर्सद नै हुँदैन’ भन्नुहुन्छ । परिवारमा बस्दा घरपरिवारदेखि राजनीतिसम्मका सबै खालका कुरा हुन्छन् । कहिलेकाहीँ परिवारको समीक्षा गर्छौँ । उहाँले ‘मैले त जिन्दगी नै राजनीतिमा बिताएँ, यसबाट आर्थिक रूपमा केही प्रगति हुँदैन, हामीले त दुःख पायौँ, तिमीहरू खान र बाँच्न केही पेसा–व्यवसाय गर’ भनेर छोरालाई भन्नुहुन्छ । अब बन्ने नयाँ सरकारमा उपप्रधानमन्त्री पार्टीले बनाउँदै छ भन्छन् भन्न त ।

एक पटक मैले सोधेँ, ‘के हो त तपाईंको इच्छा ?’ भनेर । साथीहरूले ‘तपाईं सरकारमा जानुपर्छ’ भन्दै हुनुहुन्छ भन्नुभयो । तर, मैले त ‘सकभर मन्त्री नबन्नुुस्’ भनेर भनेकी हुँ । सरकारमा गए पनि काम गर्न दिँदैनन् । कसैले विदेशीको इसारामा चल्यो भन्छन्, सरकार ढालाढाल गर्छन् । जनतासँग एकथोक गर्छु भनेका हुन्छन् । सरकारमा गएपछि जनतासँग भनेअनुसार काम गर्न दिँदैनन् । राम्रो काम ग-यो भन्ने थोरै हुन्छन्, केही गरेन भन्ने धेरै हुन्छन् । ‘काम गर्न त दिँदैनन्, मेरो पनि ठूलो इच्छा, लोभ–लालच पनि छैन् । तर, पार्टीले पठाएपछि त जानै प-यो नि’ भन्नुभयो ।

तीनपटक मन्त्री बन्नुभयो, त्यतिवेला अरूले काम गर्न दिएनन् भन्ने लाग्छ । गृहमन्त्री हुँदा त सबैले ‘राम्रै काम गर्नुभयो’ भन्थे । नराम्रो त सुनिएन ।

(कृष्णबहादुर महराका बानी र स्वभावबारे पत्नी सीतालाई नयाँ पत्रिकाले गरेको कुराकानीमा आधारित)

Krishna Bahadur Mahara

विशेष