कला साहित्य

सरकार परिवर्तनको खेल

सरकार परिवर्तनको खेल
Bajar C Lama सरकार परिवर्तनको खेल सुरु हुँदै छ हो, यहाँ भाग बन्डा अनि झेल सुरु हुँदै छ दिनहु सीमा मिचिदै छ यहा तर के गरु धिक्कार मधेसमा पेलाम-पेल सुरु हुँदै छ जो देश रक्षाको नीम्ति यहाँ उभी रहन्छ उसैको हातमा हत्कडि र नेल सुरुहुदैछ सदनमा पनि नियमको खाकाहरु च्यातिन्छ जीत र हारको पेलाम पेल सुरुहुदै छ ----------------------------------------- आफ्नो पार्टीको झन्डापछि लाग्ने युवाहरु नेताहरु हाम्रो हो भनी जाग्ने युवाहरु कता गए किन हराए सीमा मिचिदा क्रान्ति भन्दै तोडफोड गर्न डाक्ने युवाहरु स्वर्ग हो आफ्नै गाउँ हराभरा बनाउ अव विदेश भन्दै खाडी मुलुक ताक्ने युवाहरु देशलाई दुख्दा हामी रुन्छौ नेपाली हौ हामी एक हौ देशलाई छातीमा राख्ने युवाहरु बज्र सिं लामा सिन्धुली हाल भक्तपुर

Gajal kabita

विशेष