अभिलेख

सप्तरी घटनापछि चर्चित देबनारायण यादवलाई राजनीतिकरुपमा उपयोग गर्ने होडबाजी

सप्तरी घटनापछि चर्चित देबनारायण यादवलाई राजनीतिकरुपमा उपयोग गर्ने होडबाजी
dev1`23 साउन -१५ । सप्तरी तिलाठीमा भारतीय पक्षबाट बनाइएको बाँध भत्काउने क्रममा भएको झडपमा घाइते भएपछि देबनारायण यादव चर्चित भए । उनको रक्ताम्मे तस्बिर सामाजिक संजालमा भाइरल भयो । भूतपूर्व जिविस सदस्यको सानो घेराको परिचय फराकिलो हुँदै यादव राष्टिय योद्धा भए । यादव हुनलाई काँग्रेस हुन् । उनि झडपमा घाइते भएपनि सिकिस्त छैनन् । नेपाल आजसँगको कुराकानीमा उनले बाँध बाध्न आए आफु फेरीपनि लड्न जाने बताएका छन् । सीमा कवचका रुपमा रहेका जनताले देखाएको बहादुरीको कदर गर्दै उनि लगायतका घाइतेको उपचार राज्यले गर्नुपर्ने हो । सायद राज्यले उपचारको आवश्यकता देखेन वा उपचार गर्ने आफ्नो दायित्व हो भन्ने अनुभुति गरेन, एमालेका पूर्व विद्यार्थी नेता र निकटका व्यक्ति सम्मेलित राष्ट्रिय स्वाधिनताका लागि युवा अभियानले यादवलाई काठमाडौंमा ल्याएको छ । यादवलाई प्रस्तावित मनमोहन मेमोरिअल मेडिकल कलेलमा राखिएको छ । यादव भन्छन् बोल्छु, अभियानका भन्छन् नबोल्नु देबनारायण यादव नेपाली राम्रोसँग बोल्न सक्छन् । काँग्रेसका सक्रिय सदस्य उनका अभिव्यक्ति दमदार छन् । नेपालआजका प्रतिनिधि अस्पताल पुग्दा उनी निकै उत्साहित देखिन्थे । सप्तरीदेखि नै उनी नेपालआजसँग टेलिफोनमा संवाद गरिरहेका थिए । अस्पतालमा देख्ने बित्तिकै उनले भने, आउनुहोस्, आउनुहोस् भाइ । उनले घटनाको विवरण सुनाउंदै थिए । त्यसैक्रममा अभियानका प्रतिनिधि आइपुगे । उनले यादवको बोल्ने अवस्था नरहेकाले भोलि पत्रकार सम्मेलनमा सबै जानकारी दिइने बताए । यादबले अभियानका प्रतिनिधि राजेश राईको कुरा खण्डन गरिरहेका थिए । उनि भन्दै थिए, 'म बोल्न सक्छु । किन नसक्नु । म मेरो देशका लागि ज्यानको बाजी थाप्ने मान्छे हुँ । बोल्नलाई के हुन्छ र ?' तर राईको नाइनास्ती रोकिएन । हामीले अस्पतालका चिकित्सकसँग यादपको बोल्न सक्ने अवस्थाका बारेमा बुझ्यौं । विस्तारै बोल्दा हुन्छ, चर्को बोल्दा छातिमा समस्या हुन सक्छ भन्ने जवाफ उपचारमा संलग्न चिकित्सकले दिए । साेही झडपमा घाइते भएका दुर्गानन्द झालार्इ पनि काठमाडाैँ ल्याइएकाे छ । यादबमाथि आफ्नो अभियानलाई चिनाउने अभियानमा सो अभियान रहेको प्रष्टै देखिन्थ्यो । अभियानमा ठाकुर गैरे, रामकुमारी झाँक्री, राजेश राईलगायतका छन् । रामकुमारी झाँक्रीको प्रतिक्रिया देवनारायण यादव लगायत अन्य धेरै घाइते भएका थिए । तर, देवनारायण यादव र दुर्गानन्द झालाई बढी चोट लागेको भन्ने रिपोर्टका आधारमा उहाँंहरुलाई प्रथामिकता दिइएको हो । अस्पतालले रिफर गरेको हुनाले पनि उहाँहरुलाई ल्याइएको हो । उहाँहरुको उपचार खर्च हामी व्योर्होछौँ । पहिलादेखि नै हामी राष्ट्रियताको विषयमा लड्दै आएका छौँ । उहाँहरु पनि राष्ट्रको लागि लड्नुभयो । त्यसैले उहाँको सम्मानको लागि हामीले यो निर्णय गरेका हौँ । कसैले हामीले लोकप्रियताका लागि यस्तो काम गरेको छ भन्ठान्छ भने त्यो भन्नेले जान्ने कुरा हो । उहाँहरुको अवस्था गम्भिर हो वा होइन, त्यो उहाँहरुलाई हेर्दै थाहा हुन्छ । हाम्रो साथीहरुले बोल्न नदिएको कारण उहाँ विराटनगर, राजविराज र काठमाडौँमा बोल्दै अस्पतालमा पनि बोल्ने गर्दा, उहाँलाई गाह्रो हुन्छ भनेर त्यसो भनेको हो ।

dash gaja nepal Saptari

विशेष