काठमाडौं उत्रने बित्तिकै तिलाठी घटनाका ‘हिरो’ देवनारायण यादवले भने– आगो सहन्छौं तर तिनीहरुको थिचोमिचो सहन्नौं
साउन – १५ । भारतीय पक्षले दशगजा मिचेर तटबन्ध निर्माण गर्दा सप्तरी, तिलाठीबासीहरुले त्यसको प्रतिकार गरे । बिहीबार भएको उक्त घटनाको प्रतिनिधित्व गरेका थिए देवनाराण यादवले । उक्त घटनामा उनीसँगै अन्य १० घाइते भए । घाइते भएका मध्ये उनी र दुर्गानन्द झा शनिवार, विराटनगरबाट थप उपचारका लागि काठमाडौं आइपुगेका छन् । दुबै जनाको सीतापाइलास्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार गरिदै छ ।
पूर्वजिविस सदस्यसमेत रहेका यादवको उपचार ठाकुर गैरे संयोजक रहेको ‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहले गरिरहेको छ । त्यस्तै उनीको अवस्था निगरानी गर्ने काम एमालेकी सभासद रञ्जु झाले गरिरहेकी छन् ।
दश– बाह्र बर्षदेखि भारतीय पक्षबाट पीडित तिलाठीबासीको समस्या बुझ्न अहिलेसम्म कुनै नेता, मन्त्री नपुगेको यादवले बताए । ‘लिडर’ भनेको के हो ? हामीलाई थाहा छैन ’ उनले भने हिजो पनि भारतीयविरुद्ध लड्यौं, आज पनि लड्यौं, भोली पनि लड्ने छाैँ , चाहे ज्यान जाओस् ।’ कुनै पनि नेताले यो झडप राष्ट्रियताको विषय होइन भन्नु उनीहरुको व्यक्तिगत कुरा भएको उनको भनाइ छ ।
नेपाली भूभाग मिचेर बाँध बाँध्ने र पटकपटक यस्तो नगर भन्दा एसएसबीले समेत धम्की दिने गरको यादवसँग उपचार गरिहेका झा बताउँछन् । यती ठूलो घटना घट्यो तर आफू कांग्रेसको कार्यकर्ता भएर पनि अहिलसम्म कांग्रेका कुनै प्रतिनिधिले आफूलाई सम्पर्क नगरेको भन्दै उनले दुःखेसो गरे ।
सप्तरीकी एमाले सांसद रञ्जु झाले यस घटनालाई आफू र आफ्नो पार्टीले गम्भीरता पूर्वक हेरेको बताइन् । यो घटनाको छानविन गर्न सरकारले विज्ञ समिति गठन गरिसकेको उनको भनाइ छ ।
‘राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान’का संयोजक ठाकुर गैरेले घाइतेहरु सबैको उपचार खर्च आफ्नो संस्थाले बेहोर्ने बताए । त्यस्तै भारतीय पक्षले मिचिएको सीमाको विषयलाई राष्ट्रिय मुद्दा बनाएर लाने उनले स्पष्ट पारे ।
त्यस्तै, सामुदायक प्रकोप संजालका केन्द्रीय सदस्य उमेश मिश्र यो घटनामा घाइते यादवसहित अन्यले स्वाभिमानी नेपालीको कर्तव्य पूरा गर्दा सजाय भोग्नु परेको र सरकार उदासिन भएको भन्दै आक्रोश पोखेका छन् ।
devnarayan yadav
durgananda jha
Saptari Bashi