राजनीति

एमाले र माओवादीबिच एकिकरण हुन्छ - गौतम

एमाले र माओवादीबिच एकिकरण हुन्छ - गौतम
Bamdev-Gautam_639830854-1 साउन - १५ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकिकरण हुने दाबी नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले सत्ता गठबन्धनलाई लिएर गरेका छन् । नेकपा एमालेका संस्थापक नेता स्व. पुष्पलालको ३८ औं स्मृति दिवसको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले नेपालका कम्पयुनिष्ट पार्टीबीच एकता सम्भव रहेको भनेका छन् । साथसाथै नेकपा माओवादी केन्द्रसँग एकीकरण हुने जिकिर गरेका हुन् । नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि दुई पार्टीबीच सम्बन्ध राम्रो अवस्थामा पुगेको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पुष्पलालकै विचारमा नेपालको सिंगो कम्युनिष्ट आन्दोलन भएको भन्दै जनयुद्धको जग पनि पुष्पलालकै विचारमा भएको उल्लेख गरेका थिए । 

bamdev gautam

विशेष