कविता : हराएको राष्ट्रियता
[caption id="attachment_15535" align="alignnone" width="161"] सुमन भट्टराई[/caption]
तपतप तपतप चुहिएको छानालाई
भिजेको गुन्द्रीमा बसी नियाल्दै गर्दा ।
खस्न आँटेको आगनको डिललाई
थरथर काँपी उभिएर हेर्दे गर्दा ।।
डुब्न लागेको घरको छानो समाई
भोको दुधे बालकलाई च्याप्दै गर्दा ।
राम राम जपी भिरकोे बाटोमा हुइकिएर
आफन्तलाई भेन्टिलेटरमा राखी बत्ती कुर्दे गर्दा ।।
झाडा पखालाबाट छोराछोरीलाई अलविदा भन्दै
नुनको ढाकर बोक्न पाँचौ दिन हिड्दै गर्दा ।
विरिक्तिएर पासपोर्ट बनाउनन दशौं घण्टा कुरेपछि
देश घाड्ने बेलामा शुद्ध हवाई भाडामा ठगिएपछि ।।
कहाँबाट जन्मिएला राष्ट्रियता ?
यो त केबल रेमिट्यान्स उठाएर
सोझा साझालाई महगो करमा झुलाएर ।
सिंहदरबार भित्र र त्यसको गन्धमा पल्किएका
केही आसेपासेको गरी खाने भाँडो हो ।।
मरिसक्यो राष्ट्रियता ! मरिसक्यो राष्ट्रियता !
भोकले रिगाएको बेला, पानी नपाएर तड्पिएको बेला !
जिउ ढाक्ने कम्बल च्यातिएको बेला,
बोरा भित्रको बाइबल समाई एक मुठ्ठी चामल थाप्न तयार भएको बेला
किमार्थ, राष्ट्रियता नभनी दिनु होला !
किमार्थ, राष्ट्रियता नभनी दिनु होला !
Suman Bhattarai