राजनीति

मधेसी मोर्चाले कांग्रेस–माओवादीसँग राख्यो किस्ताबन्दीमा सहयोग आदानप्रदानको प्रस्ताव

मधेसी मोर्चाले कांग्रेस–माओवादीसँग राख्यो किस्ताबन्दीमा सहयोग आदानप्रदानको प्रस्ताव

 

साउन १७ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरु सरकारमा सहभागी हुन आफ्ना माग सम्बोधन हुने गरी संविधानमा संशोधन गरिनुपर्ने सर्त अगाडि सारेको छ । कांग्रेस, एमाले र मोर्चाका नेताहरुको कार्यलदलको आइतबार सिंहदरबारमा बसेको बैठकमा मोर्चाका नेताले बहुमतीय प्र्रक्रियाबाट गरिने प्रधानमन्त्री निर्वाचनमा मतदान गर्ने वातावरण बनाउन आफ्ना मुद्दा सम्बोधनमा प्रतिबद्धता खोजेका हुन् ।

आफ्नो माग सम्बोधन हुने गरी कांग्रेस र माओवादीबाट प्रतिबद्धता आएमा प्रधानमन्त्रीका उम्मेदवार हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पक्षमा मतदान गर्ने र संविधान संशोधन गरी आफ्ना माग सम्बोधन गरेमा सरकारमा सहभागी हुृने प्रष्ट धारणा राखिएको तराईमधेस लोकतान्त्रिक पार्टीका नेता हृदेश त्रिपाठीले बताए । अन्नपूर्ण पोस्ट

Morcha

विशेष