विचित्र विश्व

जसले सात किलोमिटरमाथिबाट जमिनमा बिना प्यारासुट हाम्फाले, यस्तो कारानामाको टेलिभिजनमै प्रत्यक्ष प्रशारण गरियो

जसले सात किलोमिटरमाथिबाट जमिनमा बिना प्यारासुट हाम्फाले, यस्तो कारानामाको टेलिभिजनमै प्रत्यक्ष प्रशारण गरियो

12 साउन १७ । दूनियाँमा मान्छेलाई सनक पनि अनेक चल्छन् । ४२ वर्षका अमेरिकी स्काइडाइभर ल्युक एइकिन्सले त्यस्तै सनक देखाएका छन् । ल्युकको यो सनकलाई ‘अदम्य साहस’को संज्ञा दिँदा पनि हुन्छ । किनभने उनले सात किलोमिटर माथिबाट बिना प्यारासुट हाम्फालेर कीर्तिमान कायम गरेका छन् ।

13

हवाईजहाजबाट जमिनको जालीमा सुरक्षित हाम्फालेको दृश्य अमेरिकाको चर्चित टेलिभिजन च्यानले फक्सले प्रत्यक्ष प्रशारण गरेको थियो । ७ हजार ६ सय २० मिटर उचाईबाट उनले हाम्फालेका थिए । जालीसम्म आइपुग्न उनलाई दुई मिनेट लाग्यो । उनको गति उच्चतम् प्रतिघण्टा १९३ किलोमिटर प्रतिघण्टा पुग्यो । त्यति धेरै उचाईबाट हाम्फाल्दा वजनले धेरै ठूलो अर्थ राख्छ । किनभने वजन जति बढी भयो, त्यति नै धेरै जोखिम हुुन्छ । सुरक्षाका कारण ल्यूकलाई प्यारासुट बोक्न भने लगाइयो ।

Sky Driving

विशेष