पावरफुल नेताका पत्नी, साली र गर्लफ्रेन्डको मन्त्री बन्ने पालो
समानुपातिक सभासदको सुविधाको दुरुपयोग गर्दे आफ्नी श्रीमती सभासद बनाएका नेताहरुले फेरि अर्को स्वर्ण युग आउन थालेको छ विभिन्न पार्टीका नेताहरुले श्रीमती, प्रेमीका, साली तथा नातेदारहलई समानुपातिक सभासद बनाएका थिए । नयाँ संविधान बनेसंगै ती सभासदहरु सांसदमा परिणत भएका छन् भने अब श्रीमती सांसदहरु चाँहि मन्त्रीमा परिणत हुने तरखरमा लागेका र बसी सुख र उठी सुखको अवस्थामा रहेका छन् ।
नयाँ गठबन्धन सरकारका पर्दा पछाडिका सारथीहरु हुन शेरबहादुर देउवा । देउवाकी पत्नी आरजु देउवा पनि सांसद हुन । यसपटक भने मन्त्री बनने रहर गरेकी छन् र देउवा पत्नीको रहर पुरा गरिदिनुपर्नेछ माओवादीका भावी प्रधानमन्त्री प्रचण्डले आरजुु यसपटक मन्त्री बन्न असाध्यै रहर गरेको बुझिन्छ र देउवालाई पनि सरुवा रोग झै पत्नीको रहर सरेको कांग्रेस भित्र चर्चा छ । यसको अर्थ हो तारताम्य मिल्यो भने आरजु अब मन्त्री बन्नेछिन् ।
त्यसै गरि राजेन्द्र महतोकी पत्नी शैलदेवि महतो पनि मन्त्री बन्ने पक्काजस्तै भएको छ । सद्भावनाका नेता कार्यकर्ताहरु भन्दैछन् हाम्रो पार्टीलाई मन्त्री पद मिल्यो भने शैलदेवी मन्त्री बन्नेछिन् । त्यस्तै राजकिशोर यादवपत्नी सरिता यादव पनि मन्त्री बन्नेछिन । त्यस्तै शरतसिंहकी विश्वास पात्र डिम्पल झाको पनि मन्त्री बन्ने चर्चा चलिरहेको छ । साँघु साप्ताहिक
Nepali Politics New gaovernment