परेवाको लागि आयो गर्भनिरोधक चक्की
महिलाहरुले गर्भनिरोधका लागि विभिन्न खाले गर्भनिरोधक चक्की खाने गरेको कुरा थाहा थियो ।
तर, परेवाका लागि पनि गर्भनिरोधको चक्की बनाइएको छ । परेवाको बढ्दो संख्यालाई नियन्त्रण गर्नको लागि परेवालाई गर्भनिरोधक औषधि खुवाउन थालिएको छ । स्पेनको प्रसिद्ध सहर बाडिया डेल भ्यालेसमा परेवाको बढ्दो संख्यालाई नियन्त्रण गर्नका लागि परेवालाई गर्भनिरोधक औषधि मिसाइएको चारो खुवाइँदै छ । परेवालालाई गर्भनिरोधक दाना खुवाउनका लागि स्वचालित डिस्पेन्सरको प्रयोग गरिएको छ ।
परेवाको प्रजननको लागि उपयुक्त समय जुलाई देखि डिसेम्बरको बीचमा हुने भएकाले जुलाई सुरु हुँदै सहरमा परेवालाई गर्भनिरोधक दाना खुवाउन थालिएको हो ।
एजेन्सी
Garbhanirodhak Chakki Parewa