युद्धकालीन मुद्धा ब्यूँतिने डरले प्रचण्ड रातरात भर तड्पिदा रहेछन्
साउन १९ । केपी ओलीले राजीनामा दिइसकेपछि पनि प्रचण्डको भित्री त्रास भने हट्न सकेन । त्यही भएर गति बिहीबार महान्यायधिवक्ता हरि फुयाँललाई लाजिम्पाट बोलाएर ४५ मिनेटसम्म गोप्य वार्ता गरे । देउवा र उनको उही र एकमात्र जिज्ञासा थियो–सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत प्राप्त उजुरीउपर मुद्दा चल्ने नै भयो भने कुन कुन तहका मान्छे तानिन सक्छन् ?
र, त्यस्ता मुद्दाको संख्या कति होला ? ती मुद्दा मैना सुनुवार काभ्रे, मुक्तिनाथ अधिकारी लमजुङ, गुरु लुइँटेल ओखलढुंगा, दोरम्बा रामेछाप, माडी चितवन, भैरवनाथ गण र चिसापानी ब्यारेक बाँकेसहित बढीमा २० वटा हुन सक्ने रहेछन् ।
जसउपर विशेष अदालतमा मुद्दा चल्नसक्छ । उसो त प्रचण्डले फुयाँललाई यही मुद्दाको कारण सरकार छाड्नु परेको होइन, गुह्य कारण अरु नै छन् भनेका छन् । तर पटक पटकका अभिव्यक्तिले बताउँछ –परिस्थिति सहज छैन । इन्टरनेसनल कमिसन अफ जुरिष्टसम्बद्ध गोविन्द बन्दी, हरिकृष्ण कार्की, अग्नि खरेल, मन्दिरा शर्मा, सपना प्रधान मल्ल, सतिशकृष्ण खरेलमाथि उनको ठूलो रिस देखिन्छ । यी सबै एमाले, त्यसमा पनि ओलीसँग निकट –परिस्थिति सहज छैन । इन्टरनेसनल कमिसन अफ जुरिष्टसम्बद्ध गोविन्द बन्दी, हरिकृष्ण कार्की, अग्नि खरेल, मन्दिरा शर्मा, सपना प्रधान मल्ल, सतिशकृष्ण खरेलमाथि उनको ठूलो रिस देखिन्छ । यी सबै एमाले, त्यसमा पनि ओलीसँग निकट छन् । द्वन्द्वकालीन मुद्धा उछाल्नेहरु यीप्नै हुने भनेर प्रचण्डको कान भर्ने काम भएको छ । जनआस्था साप्ताहिकबाट