राजनीति

ओलीले प्रचण्डलाई भनेछन्, ‘तपाईको शरीरमा अर्कै उमंग चढेको छ, ५–६ महिनापछि झर्छ, अनि आउनु भेट्न’

ओलीले प्रचण्डलाई भनेछन्, ‘तपाईको शरीरमा अर्कै उमंग चढेको छ, ५–६ महिनापछि झर्छ, अनि आउनु भेट्न’

Prachanda-kp-oliसाउन १९ । सहमतिको सरकार नाटक हो । त्यस्तो कुरा यहाँ नगरौं । तर एउटा कुरा ख्याल राख्नुस्, हामी तपाईहरुलाई काम लाग्ने सक्ति हौं । अहिले तपाईलाई यो कुरा थाहा हुन गाह्रो छ । किनकि शरीरमा अर्कै उमंग चढिरहेको बेला छ ।

५/ ६ महिना काँग्रेसलाई भोगेपछि आजित भएर सहयोग माग्न आउनु भो भने मेरो बचन भो–प्रतिशोध, आग्रह, केहि नराखी उपयुत निर्णय गरिनेछ ।’ शनिबार फकाउन आएका प्रचण्डलाई केपी आलीले यसो भन्दै तर्काएका छन् । शुरुमै भने–राष्ट्रिय सहमतिको सरकार सम्बन्धी एजेण्डामा एमाले प्रवेश गर्नै चाहँदैन ।

हाम्रो नेतृत्वमा काँग्रेस आएन । ‘तपाइहरुले पनि गलत नियतका साथ बीचैमा छाड्नु भो । अब एमाले तपाइहरुको पुच्छर लाग्न किन आउँछ ?’ वार्तामा सहभागी सुवाष नेम्वाङ र भीम रावलको साझा सोधाई थियो– हैन, काँग्रेस त राष्ट्रिय सहमतिको पक्षमा थिएन । उसको नीति फेरिएको हो र ? ‘काँग्रेससहितको बैठकले सबैसँग कुरा गर्न आफूलाई म्याडेट दिएको हुँदा यसलाई त्यसै गरी बुझिदिनुहोस ।’ प्रचण्डको आग्रह थियो । ओलीले त्यसैमा थपे– चैतमा स्थनीय निकायको चुनाव गर्ने र सरकार पनि फेर्ने भन्दै हुनुहुन्छ । त्योचाहिँ दुनियाँलाई मुर्ख बनाउने मेला हो । अब त्यसरी तीनथरि चुनावको चक्करमा नलागौं बरु सोझै प्रतिनिधिसभा निर्वाचनको तयारी गरौं । त्यो गर्दा संसद त बच्छ !’ यस्तै यस्तै भन्दै झोँकका कुरा नमिलेर फिर्ता भएपछि प्रचण्डको निम्ति बहुमतीय सरकारको ढोका खुलेको हो । जनआस्था साप्ताहिकबाट

विशेष