ओलीले पत्रकारहरुलाई प्रतिक्रिया दिएनन्
साउन - १९ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरुलाई प्रतिक्रिया दिएनन् । संसद भवनमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न भएलगत्तै पूर्वप्रधानमन्त्री ओली निजी निवास बालकोट पुगेका छन् ।
बालकाेटमा गाउँलेहरुले स्वागत गर्ने कार्यक्रम रहेकाे क्रन्दीय सदस्यले जानकारी दिए ।
उनले बालुवाटारस्थित सरकारी निवासमा पीपलको बिरुवा रोपेर बिदाइ भइसकेका छन् । उनलाई संसद भवन बाहिरबाट युवाहरुको स्कटिङसहित बालकोट पु-याउने तयार एमाले भातृ संगठनहरुको छ । त्यसका लागि एमालेका नेता कार्यकर्ता संसद भवन बाहिर भेला भइरहेका छन् ।
KP Sharma Oli