राजनीति

सरकार ढाल्दै बनाउँदै गर्नमा नेपालका नेता दक्षिण एसियामै तेज

सरकार ढाल्दै बनाउँदै गर्नमा नेपालका नेता दक्षिण एसियामै तेज

साउन २० । दक्षिण एसियामा सबैजसो विषयमा नेपाल अन्य मुलुकभन्दा पछाडि छ । सरकारको संख्या हेर्ने हो भनेचाहिँ नेपाललाई कुनैले उछिन्न सक्दैन । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनायता नेपालमा कृष्णप्रसाद नेतृत्वको अन्तरिम सरकारसहित २४ वटा सरकार बनिसकेका छन् ।

दक्षिण एसियाली देशमध्ये यही अवधिमा सबैभन्दा कम सरकार भने बंगलादेहमा ६ वटा मात्रै बनेका छन् । औसतमा दसदेखि ११ वटा सरकारले यो क्षेत्रका देशको शाासन चलाइरहेका छन् । राजनीतिक अस्थिरताको परिणाम नेपालमा भने २५ वर्षमा २४ सरकारले शासन गरेका छन् । कष्णप्रसाद भट्टराइलाई छाडेर संसदीय व्यवस्था अँगालेयताको अवधिमा बुधबार निर्वाचिन पुष्पकमल दाहाल २३औँ प्रधानमन्त्री हुन् । यहीबीच राजा ज्ञानेन्द्रको प्रत्यक्ष शाासनदेखि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको निर्वाचन गराउने मन्त्रिपरिषद्सम्म सरकार गठन भए ।

यस क्रममा १३ जनाप्रधानमन्त्री बने, अन्य दाहोरिए पूर्वी युरोप कम्युनिस्ट शाासन अन्त्यसँगै नब्बेको दशक सुरुमा विश्वभर प्रजातान्त्रिक लहर चल्यो । नागरिक दैनिकबाट

विशेष