राजनीति

कांग्रेस नेता पाैडेलकाे छुटै माग

कांग्रेस नेता पाैडेलकाे छुटै माग
Ram-Chandra-Paudel1 साउन - २० । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारमा आफ्नो समूहलाई सम्मानजनक ठाउँ माग गरेका छन् । नेता पौडेलले बिहीबार आफ्नो समूहका केन्दीय सदस्य र सांसदहरुको भेला गरेर पार्टी सभापति शेरबहादुर देउवासँग सम्मानजनक माग गरेका हुन् । भेलामा सहभागीका अनुसार नेता पौडेलले पार्टी सभापतिले सरकारबारे आफूसँग कुनै छलफल नगरेको आरोप लगाएका छन् । प्रचण्ड सरकारमा कांग्रेसले कति र कुन मन्त्रालय पाउने अझै जानकारी नभएको उनले बताए । यस अघि पौडेल समूहको भेलाले मन्त्रालयमा ६०–४० को भागबन्डा हुनुपर्ने माग गरेको थियो । पौडेल समूहले पार्टीमा प्रकृति र पद्धतिबाट निर्णय गर्नसमेत पार्टी सभापतिलाई आग्रह गरेको छ । समूहले पार्टीले लिने मन्त्रालयहरु तय भएपछि भागवण्डा गर्नु पर्ने सुझाव दिएको छ ।

Ramchandar Paudel

विशेष