हजुरबुबा हुँदासम्म विद्यार्थीकै राजनीति गरिरहने दिन नेविसंघमा चाहीँ गयो
साउन २२ । कांग्रेसको नर्सरी संगठन नेपाल विद्यार्थी संघले आफ्नो संगठन संरचनालाई प्रादेशिक र पूर्ण समावेशी ढाँचामा लैजाने भएको छ ।
संघको विधान संशोधनको प्रस्ताव टुंगो लगाउँदै एक सय ५१ सदस्यीय कार्यसमिति गठन हुने गरी उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा समाुनपातिक प्रतिनिधित्वको सुनिश्चित गर्ने निर्णय शुक्रबार गरिएको हो । विधान संशोधन प्रस्तावमा ३२ वर्षको उमेर हदसमेत कायम गर्ने उल्लेख छ । नेविसंघमा ५० वर्ष पुगेका समेत नेतृत्वमा दाबी गर्न थालेपछि ३२ वर्षको उमेरहद लागू गर्न लागिएको हो । तर ३२ वर्षको उमेर हदको प्रावधान अर्को महाधिवेशनबाट मात्रै लागू गरिनेछ । अन्नपूर्ण पोस्टबाट