तीनबुँदे सहमति विषयमा प्रम र सभापति देउवाबीच छलफल
साउन - २२ । सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतृत्वबीच आन्दोलनरत तराई÷मधेसवादी दलबीच भएका तीनबुँदे सहमति कार्यान्वयन लगायत विषयमा कुराकानी भएको छ ।
काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच बिहान ती विषयमा कुराकानी भएको थियो । सभापति देउवाका निजी सचिव भानु देउवाले दिएकाे जानकारीअनुसार प्रधानमन्त्री दाहाल शनिबार बिहान सभापति देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।
“पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डल विस्तार, संविधान कार्यान्वयन र आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन विषयमा उहाँहरुले बातचित गर्नुभयो ।” निजी सचिव देउवाले भने । काँग्रेस र माओवादी केन्द्र तथा आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन गर्न मन्त्रिपरिषद्को शुक्रबार बैठकले विभिन्न निर्णय गरिसकेको छ । रासस
deoba.
Prachanda